वासिङटन, साउन १६ । बोइङले आफ्नो क्लासिक ७४७ विमानको उत्पादन बन्द गर्ने जनाएको छ। उसले सुरुको घोषणा भन्दा बढी रोजगारी कटौती गर्ने चेतावनी पनि दिएको छ।
फर्मले समस्याग्रस्त ७३७ म्याक्स लगायतका कतिपय जेटहरुको उत्पादन पनि घटाउने योजना बनाएको छ।
कोरोनाभाइरसले हवाई यात्राको मागमा कमी आएसँगै २।४ अर्ब डलरको घाटा ब्यहोरेपछि फर्मले निर्णय फेर्न परेको जनाएको छ।
“उड्डयन क्षेत्रमा महामारीको प्रभावको वास्तविकता कठोर किसिमको छ,” बोइङका बोस डेभ कालहोउनले बताए।
कोरोनाभाइरसको महामारीप्रति विश्वभरीका एयरलायन्सहरुले विमान संख्या घटाएर र पर सारेर वा विमानको अर्डर रद्ध गरेर प्रतिक्रिया जनाएका छन्।
यो महिना ब्रिटिस एयरवेज ७४७ जेटलाई बिदाई गर्ने पछिल्लो विमान सेवा कम्पनीले बनेको थियो। ब्रिटिस एयरवेजको विमानमा यो विमानको संख्या १० प्रतिशत रहदै आएको थियो। यात्रुको संख्यामा आएको कमीको कारण देखाउदै उसले विमानको संख्या घटाउने निर्णय गरेको हो। अस्ट्रेलियाको क्वानटासले पनि यो विमानलाई बिदाई गरिसकेको छ। यो विमान सेवाले गत वर्ष ५० औं वार्षिक दिवस मनाएको थियो।


























