काठमाडौं, साउन १६ । प्रहरी हेडक्वार्टर नक्सालमा कार्यरत थप २८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका अन्यको स्वाब संकलन गरि परीक्षण गर्दा थप २८ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो।
बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए। योसँगै हालसम्म प्रहरी हेडक्वाटरका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
Facebook Comments


























