मकवानपुर, साउन १५ । मकवानपुरको भीमफेदी गाउँपालिका २ भैंसेस्थित चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाएर दुर्ब्यवहार गरेको अभियोगमा एक जना चालक पक्राउ परेका छन्।
रौतहटको चन्द्रपुर नगरपालिकामा डेरा गरी बस्ने महोत्तरी साविक गौशाला नगरपालिका १० घर भएका रामगणेश साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
उक्त स्थानमा खटिएको प्रहरीले रौतहट चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च ८९७१ नम्बरको मारूती भ्यानलाई जाँच गर्ने क्रममा उक्त भ्यानमा सुरक्षा मापदण्ड विपरीत बढी सङ्ख्यामा मानिसहरू चढाएको पाइएको थियो। र, त्यस्तो नगर्न भन्दा आर्थिक प्रलोभन देखाइ दुर्ब्यवहार गरेको प्रहरीले जनाएको छ।
साहविरुद्ध सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
Facebook Comments


























