मुग्लिन, साउन १५ । पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। अविरल वर्षासँगै सो राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका(४ कुरिनटारमा पहिरो खस्दा बिहान ८स्५५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको थियो।
एक्साभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। बिहान निरन्तर पानी परेकाले पहिरो हटाउन समय लागेको थियो। रासस
Facebook Comments


























