भद्रपुर, साउन १५ । लागुऔषधसहित प्रहरीले दुई जनालाई झापाको भद्रपुर नगरपालिका ४ बाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही नगरपालिकाको वडा नम्बर ३ धिमालधुरा बस्ने २६ वर्षीय अजय थापा मगर र २२ वर्षीय रोशन माझी रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले ४०० चक्की ट्याब्लेट र कोडिन स्कुफ १०० एमएल र नाइट्रोसन १० नामको लागुऔषध र उनीहरू सवार मोटरसाइकल बरामद गरेको छ।
पक्राउ परेकाहरूविरुद्ध प्रहरीले लागुऔषध कारोबारसम्बन्धी ऐनअन्तर्गत अनुसन्धान थालेको जनाएको छ।
Facebook Comments


























