काठमाडौं, साउन १५ । कारोवारको अन्तिम दिन बिहिबार नेप्से सामान्य अंकले बढेको छ। आज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा २.८४ अंकले बढेको हो।
कारोबार सुरुबाटै बढेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ३ अकंले उकालो लागेको छ।
आज १४३२.१४ को बिन्दुबाट सुरु भएको कारोबार शुरुको १ घण्टाको अवधीमा १४३४.३७ को बिन्दुमा पुगेको छ।
आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये ९ वटा मात्र उपसमुह बढेका छन्।
नेप्सेका अनुसार अहिले कारोबार भईरहेका १६४ कम्पनीको ७ लाख १५ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २९ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
Facebook Comments


























