नवलपुर, साउन १५ । पूर्वी नवलपरासीमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाउँपालिका– २ की गड्डाखोलानिवासी २४ वर्षीया सीता परियारलाई बिहीबार बिहान खोलाले बगाएको हो।
घरबाट गिरुबारी आउने क्रममा गिरुबारी खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको हो। स्थानीयले तत्काल खोजी गर्दा उनको शव मध्यबिन्दु– ९ वसन्तपुरमा भेटिएको थियो।
Facebook Comments


























