रौतहट, साउन १५ । रौतहटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। करेन्ट लागेर गौर ४ की ७० वर्षिया शान्तीदेवी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बिहान चिया खान पसलमा गएकी वृद्धालाई बाटो काट्ने क्रममा करेन्टको झड्का लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो। सोही स्थानमा करेन्ट लागेर दुई चौपायाको समेत ज्यान गएको छ।
Facebook Comments


























