काठमाडौं, साउन १५ । धरहराको ११ औँ तलाको ढलान सकिएको छ। अघिल्लो हप्तादेखि सुरु भएको ११ औँ तलाको ढलान बुधबार सकिएको हो।
अब १२ औं तलाको काम सुरु भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। धरहरा पुनर्निर्माणको समग्र कामको अहिलेसम्मको प्रगति भने ४० प्रतिशत पुगेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले बताए।
अहिले झण्डै २ सय ६० जना कामदार खटिएका छन्। लकडाउन हटेपछि धरहराको काम धमाधम भैरहेको पनि प्राधिकरणले जनाएको छ।
झण्डै ४२ रोपनी क्षेत्रफलमा बन्दै गरेको नयाँ धरहरा पहिलाको धरहरा भन्दा चौडा हुनेछ। पुरानो धरहरा झण्डै साढे ४ रोपनी क्षेत्रफलमा थियो। धरहरामा दुई वटा लिफ्ट पनि हुनेछ। भित्रबाट २२ तलाको हुने धरहरा बाहिरबाट भने बेसमेन्ट सहित ११ तलाको हुनेछ।
Facebook Comments


























