काठमाडौं, साउन १५ । भारतमा कोरोना संक्रमितको संख्यामा पुन नयाँ रेकर्ड कायम भएको छ। बुधबारको तुलनामा संक्रमित संख्या झण्डै ३ हजार बढेको भारतमा बिहीबार यो समाचार तयार पार्दासम्म ५२ हजार २४९ जना संक्रमित भएका छन्।
भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो। यो सँगै भारतमा कुल संक्रमित संख्या १५ लाख ८४ हजार ३८४ पुगेको छ। यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो।
संक्रमितमध्ये अहिलेसम्म १० लाख २१ हजार ६११ संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७७९ जनाको मृत्यु भएपछि बिहीबार बिहानसम्म ज्यान गुमाउनेको ३५ हजार ३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ।
Facebook Comments


























