चितवन, साउन १५ । अविरल वर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्गअन्तर्गत कुरिनटार सडक खण्डमा एकतर्फी रूपमा सवारीसाधान सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित कुरिनटारमा पहिरोका कारण बिहान ८ः५५ बजे सडक अबरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पौने १० बजे एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको हो। पानी पर्न रोकिए र पहिरो पन्छाउन सहज भए छिटै दुईतर्फी सडक सञ्चालनमा आउने प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।
Facebook Comments


























