वीरगञ्ज, साउन १५ । वीरगञ्जमा गएराति ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि भएकामा १५ महिला र ३८ पुरुष रहेका छन्।
नारायणी अस्पतालले बुधवार राति ५३ जनामा कोराना संक्रमण पुष्टि भएको जनाएको छ। जसमा ३ जना डाक्टर समेत रहेका छन्।
नारायणी अस्पतालका अनुसार संक्रमित हुनेमा ३ वर्षीय बालकदेखि ६० वर्ष उमेर समूहका छन्। यस्तै, नारायणी अस्पतालका एम्बुलेन्स चालक समेत संक्रमित छन्।
यस्तै चण्डिप्रसाद गणका एक मेजरको कन्ट्याक्ट ट्रेसिङमा परेका १० जना समेत संक्रमित भएका छन्।
अन्य संक्रमित पनि यसअघि संक्रमण पुष्टि भएका व्यक्तिका परिवारका सदस्य हुन्।
Facebook Comments


























