साउन १४ । स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्ट्राइकर मारियानोलाई कोरोना भाइरसको संक्रमण भएको छ। रियल मड्रिडले मंगलबार वक्तव्य जारी गरेर मारियानोमा संक्रमण देखिएको बताएको हो।
२६ वर्षका उनको स्वास्थ्य अवस्था राम्रो रहेको रियल मड्रिडले उल्लेख गरेको छ। उनी घरमै आइसोलेशनमा रहेको पनि रियल मड्रिडले जानकारी दिएको छ।
जुलाई २९ मा लेगानेससँग भएको ला लिगा अन्तर्गतको सिजनको अन्तिम खेलमा थप खेलाडीका रुपमा राखिएका थिए, तर प्रयोग भएनन्।
रियल मड्रिडले आउँदो अगस्ट ७ मा च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ। एजेन्सी
Facebook Comments


























