हेटाैंडा । मकवानपुर स्थायी घर भई हाल अमेरिका बस्दै आएकी अमृता नेपालको शब्दमा ‘कसले भन्यो तिमीलाई’ बोलको गीत सार्बजनिक गरिएकाे छ। द डिभाइन म्युजिकको युट्युब च्यानलबाट सार्बजनिक गरिएको गीतमा हेटाैंडाकै गायिका स्वस्तिका ढकालले आवाज दिएकी छन्। ढकालले यही गीतबाट आफूलाई गायिकाकाे रुपमा चिनाउने प्रयास गरेकी छन्। गीतकारसँगै, साहित्यकार तथा सञ्चारकर्मीकाे परिचय बनाएका नेपालकाे शब्दमा संगीतकार अर्जुन पोख्रेलले संगीत भरेका छन्।
गीतलाई रिदम कँडेलले एरेञ्ज गरेका हुन् भने गीतको म्यूजिक भिडियोमा स्वस्तिकाले नै ‘फिचरिङ’ गरेकी छन्। अनिशआयु बाबाले दृश्य कैद गरेकाे भिडियोलाई सुशील र सेशाले सम्पादन गरेका छन्। गीतकार नेपालले यसअघि नेपाली चलचित्रकाे लागि र आधुनिक गीतसमेत लेखिसकेकी छन्। विभिन्न प्रतिस्पर्धाबाट सांगितिक क्षेत्रमा उत्रिएकी गायिका ढकाल भने नेपाल आइडलबाट चर्चामा आएकी हुन्।
भिडियाे हेर्नुहाेस्ः


























