साउन १३ । इंग्लिस क्लब ब्राइटनले इंग्ल्यान्डका मिडफिल्डर एडम लालना अनुबन्ध गरेको छ। ब्राइटनले लिभरपुलका मिडफिल्डर लालनालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो।
लालनाले ब्राइटनसँग ३ वर्षको सम्झौता गरेका छन्। ३२ वर्षीय मिडफिल्डर लालना सन् २०२३ सम्म ब्राइटनमा रहने छन्। लिभरपुलसँग लालनाको सम्झौता यस सिजनको अन्त्यसँगै सकुएको थियो।
मिडफिल्डर लालना सन् २०१४ मा लिभरपुल आएका थिए। उनले क्लबका लागि १ सय ७८ खेलमा १८ गोल गरेका छन्। यस सिजन उनले २२ खेल खेलेका छन्।
लिभरपुलबाट उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप लगायतका उपाधि जितेका छन्। इंग्ल्यान्डका लागि उनले ३४ खेल खेलेका छन्। एजेन्सी
Facebook Comments


























