काठमाडौं, साउन १२ । सूचना तथा प्रसारण विभागको महानिर्देशकमा वरिष्ट सहसचिव किरणराज शर्मा नियुक्त भएका छन्। सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले सोमबार शर्मालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो।
शर्माको केहि दिन अघि मात्रै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सुचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सरुवा भएको थियो । यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वन मन्त्रालय, लोकसेवा आयोग लगायतका निकायमा रहेर महत्वपुण जिम्मेवारी सम्हालिसकेका शर्मा प्रशासन क्षेत्रमा कुशल प्रशासकको रुपमा परिचित छन्।
Facebook Comments


























