काठमाडौं, साउन १२ । साताको दोस्रो कारोबारका दिन (आज सोमबार) नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक घटेर बन्द भएको छ। कारोबारको शुरुवातबाटै उकालो यात्रा लागेको नेप्से परिसूचक कारोबारको अन्तमा भने २ अंकको हारहारीमा ओरालो लागेको हो।
आज १४७०.३४ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजे सम्म आउदाँ १४६२.४८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ। आज सेन्सेटीभ सूचक पनि ०.२२ अंकले घटेको हो। आज कारोबारका लागी आएका १२ उपसूचक मध्य ४ उपसूचक मात्र बढे्का छन्।
त्यस्तै, आज कारोबारका लागी आएका १९० ८७ कम्पनीको ४२ लाख ५७ हजार कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८१ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
Facebook Comments


























