डडेल्धुरा, साउन १२ । डडेल्धुरामा विषालु च्याउ खाँदा बालकको मृत्यु भएको छ भने ४ जना बिरामी परेका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ मा जंगलबाट ल्याएको विषालु च्याउ खाँदा ८ वर्षीय ललित धामीको मृत्यु भएको हो।
डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि सेती अस्पताल कैलालीमा राखिएको छ।
यस्तै च्याउ खाँदा उनकी आमा विष्णा धामी र तीन दिदीबहिनी बिरामी परेका छन्। उनीहरुको सेती प्रादेशिक अस्पताल कैलालीमा उपचार भइरहेको छ।
Facebook Comments


























