साउन ११ । उत्तर कोरियामा पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला परेको छ। उत्तर कोरियाको केसाङ सहरमा आज कोरोना संक्रमित भेटिएपछि उत्तर कोरियाली शासक किम जोङ उनले आकस्मिक बैठक बोलाएका छन्।
आज एक जनामा भाइरसको संक्रमण पुष्टि भएपछि ती व्यक्तिलाई क्वारेन्टिनमा राखिएको छ। तीन वर्ष अघि दक्षिण कोरिया गएका ती व्यक्ति अवैधानिक रुपमा १९ जुलाईमा उत्तर कोरिया प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
कोरोना भाइरसको संक्रमण देखिएपछि केसाङ वरपर किमले स्वास्थ्य आपतकाल घोषणा गर्नुका साथै लकडाउन गर्न निर्देशन दिएका छन्।
कोरियाको केन्द्रीय अनुसन्धान ब्यूरोले संक्रमितको अवैध प्रवेशबारे अनुसन्धान गरिरहेको जनाएको छ।
प्रवेश गर्न दिने अधिकारीलाई कडा कारबाही गरिने शासक किमले जनाएका छन्। एजेन्सी
Facebook Comments


























