चितवन, साउन १० । चितवनको सौराहा यही साउन १५ बाट खुल्ने भएको छ।
‘सौराहा खुल्दै छ’ भन्ने सन्देश प्रवाहका लागि शनिबार व्यवसायीहरुले साइकलयात्रा गरेका छन्।
सौराहाबाट सुरु भएको यात्रा चितवनको राष्ट्रिय निकुञ्ज प्रशासन कसरासम्म पुगेको थियो।
तत्काललाई अन्तर्राष्ट्रिय पर्यटक आउने सम्भावना नरहेको भन्दै आन्तरिक पर्यटकलाई आकर्षण गराउन साइकलयात्रा गरिएको क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले जानकारी दिए।
गत चैत ११ गतेदेखि सौराहामा सञ्चालित करिब ११० ओटा होटलहरु पूर्णरुपमा बन्द रहेका छन्। व्यवसायीहरुले आफ्नो व्यवसायबाट उपलब्ध गराउने सेवा–सुविधामा लाग्ने लागत घटाउने तयारी गरेका छन्।
सौराहा खुलेपछि पर्यटकले जीप सफारी, हात्ती सफारी गर्दै निकुञ्जभित्रका जनावारको अवलोकन गर्न पाउनेछन्।
Facebook Comments


























