काठमाडौं, साउन १० । वर्षा कम भएसँग ठाउँठाउँका पहिरो आंशिकरूपमा हटाइएपछि पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन–नारायणगढ खण्डमा नयाँ पहिरो नखसेको तथा ठाउँठाउँको पहिरो पनि आंशिकरूपमा हटाइएपछि सडकमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा आएका छन्।
बाँकी रहेको पहिरो हटाउने काम जारी रहेको कार्यालयका सूचना अधिकारी ई।शिव खनालले जानकारी दिए।
यस्तै मौवा खेलाको पुल जोड्ने बाटो खोलाले बगाएपछि अवरुद्ध भएको मुग्लिन–मलेखु–नागढुंगा खण्डमा पनि अहिले साना सवारी साधन एकतर्फी रुपमा सञ्चालनमा रहेको उनले बताए।
साना सवारी साधनका लागि शुक्रबार बेलुकादेखि नै एकतर्फी बाटो खुला भएको हो।
Facebook Comments


























