मुम्बाई, साउन ८ । बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो रिपोर्ट कोरोना भाइरस नेगेटिभ आएको छ।
१२ दिनदेखि मुम्बाईको नानावटी अस्पतालमा कोभिड–१९ को उपचार गराईरहेका उनको पछिल्लो पटक गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । उनलाई आज साँझसम्म डिस्चार्ज गरिने बताइएको छ।
उनीसँगै पारिवारका सदस्यहरु ऐश्वर्या राय र आराध्यामा पनि कोरोना देखिएपछि अस्पतालको आइसोलेसनमा राखि उपचार गराईरहेका छन्। एजेन्सी
Facebook Comments


























