काठमाण्डौं, साउन ७ । मंगलबाररातिदेखि पूर्ण रूपमा लकडाउन सकिएको भएपनि काठमाण्डौं प्रवेशमा भने पास चाहिने भएको छ।
अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले भने- ‘अनुसार लकडाउन सकिएको भए पनि अन्तरजिल्ला सवारी साधन चलाउन पाइँदैन। त्यसैले काठमाण्डौं प्रवेशका लागि पास चाहिने व्यवस्था निरन्तर छ। ‘
सरकारले भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने बताएको छ।
Facebook Comments




















