बाजुरा, साउन ७ । हृदयघातबाट बाजुरामा एक वडा अध्यक्षको मृत्यु भएको छ।
बुढीगंगा नगरपालिका वडा नम्वर १ का ६८ वर्षीय वडाध्यक्ष राजेश कुमार सिंहको बुधबार विहान मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए।
घरमा आज बिहान नुहाएर वडा कार्यालय जानका लागि तयार भइरहेको अवस्था अचानक हृदयघात भएर उनको मृत्यु भएको खवर परिवारबाट आएको गैरेले बताए।
मृतक वडा अध्यक्षको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।
मृतक सिंह नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।
Facebook Comments


























