अलास्का, साउन ७ । संयुक्त राज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७ दशमलब ८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा मंगलबार स्थानीय समय अनुसार अपराह्न २ बजेर १२ बजे गएको थियो।
भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा आएको थियो। उक्त भूकम्पका कारण कुनै जनधनको क्षति भएको बारेमा विवरण आउन भने बाँकी छ।
भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ। भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।
अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो। एजेन्सी
Facebook Comments


























