झापा, साउन ७ । झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं ७ मोदी डाँडामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ। अन्य तीनजना सामान्य घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति करिब साढे १० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर पहिरोले पुर्दा मामाघर पाउना आएका मेचीनगर ९ मागुरमाडीका १५ बर्षीय विवेक दर्नालको ज्यान गएको हो।
मृतक दर्नालको शव पोस्टमाटमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।
Facebook Comments


























