चितवन, साउन ५ । माडी नगरपालीका वडा नं– ९ कुसुमखोलामा रहेको सुकुम्बासी चेपाङ्ग समुदायका घरहरुमा साउन ४ गते चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गर्नुका साथै हात्ती लगाएर घरहरु भत्काएकोमा राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समितिका संयोजक कमल पाठकले सोमबार एक विज्ञप्ती जारी गरी आम जनताको गास वास र कपासको सम्बन्धमा न्यूनतम मानवअधिकार समेत ख्याल नगरी निकुञ्ज प्रशासनबाट सीमान्तकृत सुकुम्वासी चेपाङ समुदाय लक्षित निकृष्ट र अमानवीय कार्य भएकोमा आपत्ति जनाएका छन्।
लामो समयदेखि बस्दै आएको सुकुम्बासी वस्तीमा उपर्युक्तअर्को विकल्पविनै हस्तक्षेप गर्ने निकुञ्ज प्रशासनको निन्दनीय कार्य प्रति खेद व्यक्तगर्दै घरबार विहीन बनार्ईएका ती सुकुम्बासी चेपाङ्गहरुको उचित व्यवस्थापन र क्षतीपूर्तीको लागी सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइएको छ।


























