साउन ५ । इटालियन सिरी ‘ए’ फुटबलमा आज (सोमबार) लिग लिडर युभेन्ट्सले लाजियोसँग प्रतिस्पर्धा गर्दैछ।
उपाधि दाबेदार युभेन्ट्सले घरेलु मैदानमा लाजियोको सामना गर्नेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति साढे १ बजे सुरु हुनेछ।
एलिनाज स्टेडियममा युभेन्ट्स लाजियोलाई हराएर उपाधि होड बलियो बनाउन चाहन्छ। यस्तै शीर्ष स्थानको अग्रता समेत फराकिलो बनाउन चाहन्छ।
लिग लिडर युभेन्ट्सले ३३ खेलमा ७७ अंक जोडेको छ। युभेन्ट्स दोस्रो स्थानको इन्टर मिलान भन्दा ५ अंकले अघि रहेको छ। इन्टरको ७२ अंक रहेको छ।
लाजियोविरुद्ध युभेन्ट्सले क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालालाई मुख्य हतियारको रुपमा प्रयोग गर्नेछ।
तर, युभेन्ट्सलाई लाजियोलाई हराउँन सहज भने छैन। यस सिजन उत्कृष्ट खेलिरहेको लाजियो चौंथो स्थानमा रहेको छ।
लाजियोले ६९ अंक जोडेको छ। लाजियो युभेन्ट्सलाई उसैको घरमै हराएर दोस्रो स्थानको इन्टरसँग अंक बराबरी गर्न चाहन्छ।


























