साउन ५ । सिरि ए फुटबलमा ईन्टर मिलानले रोमासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।
आईतबार राति रोमाको घरेलु मैदानमा ईन्टरले अंक बाँडेपछि शीर्ष स्थानको युभेन्ट्सलाई फाईदा पुगेको छ।
दोस्रो स्थानको ईन्टरलाई शीर्ष स्थानको युभेन्ट्समाथि दबाब बढाउने अवसर थियो। तर पछिल्ला खेलमा ईन्टर मिलान र एटलान्टाको खस्कदो नतिजाले युभेन्ट्सलाई फाईदा पुगेको छ।
स्टेफन डी भर्जले १५ औं मिनेटमा पाहुना टोली ईन्टरलाई अघि बढाएका थिए । लियोनार्दो स्पिनाजोलाले ४५ औं मिनेटमा खेल १–१ को बराबरीमा ल्याएका थिए।
हेनरिख मखेरिटियनले रोमालाई ५७ औ मिनेटमा २–१ ले अघि बढाए। खेल सकिन दुई मिनेट अघि रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै ईन्टर मिलानको हार टारेका थिए।
ईन्टर ७२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानको युभेन्ट्सलाई ५ अंकको अग्रता प्राप्त छ। रोमा ५८ अंक सहित पाँचौ स्थानमा छ।
अर्को खेलमा नापोलीले युडिनिसलाई २–१ ले हरायो।
रोड्रिग्गो डी पाउलले पाहुना टोलीलाई दिलाएको अग्रतालाई युडिनिसले जोगाउन सकेन।
नापोलीका अर्काडियस मिलिक र माटेओ पोलिटानोले खेलको अन्तिम मिनेटमा गोल गर्दै नापोलीलाई जित दिलाए।
प्राप्त जितसंगै नापोली ५६ अंक सहित छैटौ स्थानमा उक्लियो। युडिनिस ३६ अंक सहित १६ औं स्थानमा रह्यो। एजेन्सी


























