साउन ४ । स्पेनिस ला लिगामा आज १० खेल हुँदै छन्। अर्थात आज राति लिगमा भएका सबै क्लबले खेल्ने छन्। आजको खेलसँगै यस पटकको लिगका सबै खेल सकिनेछन्।
यस पटक गत वर्षको उपविजेता रियल म्याड्रिडले लिग जितेको छ भने साविक विजेता बार्सिलोना दोस्रो स्थानमा झरेको छ।
यस पटकको ला लिगा युरोपका अन्य लिगभन्दा फरक र निकै प्रतिस्पर्धात्कम बनेको छ। लिग जितेको रियलले अधिकतम मात्र ८९ अंक बनाउन सक्नेछ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाले अधिकतम मात्र ८२ अंक बनाउन सक्नेछ।
लिग च्याम्पियन बनेको रियलले आज राति पौने १ बजे लेगानेससँग प्रतिस्पर्धा गरेर लिग अन्त्य गर्दै छ भने गत वर्षको विजेता तथा दोस्रो स्थानमा रहेको बार्सिलोनाले अल्भेससँग पौने ९ बजे खेल्नेछ।
आजै राति हुने एट्लेटिको म्याड्रिडले रियल सोसिसाडसँग पौने १ बजे खेल्ने छ। त्यसैगरी चौथो स्थानमा रहेको सेभिल्लाले भ्यालेन्सियासँग पनि पौने १ बजे नै खेल्नेछ।
त्यसैगरी भिल्लारियलले एइबरसँग, भालाडोलिडले रियल बेटिससँग राति सवा १० बजे खेल्दैछन्। अन्य बाँकी सबै खेल राति पौने एक बजे हुने तय भएको छ। त्यस्तै यो सिजनमा अन्तिममा रहेर ३ वटा क्लब रेलिगेसनमा पर्नेछन्।
लिगको अन्तिममा रहेको स्पानयोल र मालोर्का रेलिगेसनमा परेर घटुवा भइसकेका छन् भने १७ औं स्थानमा रहेको लेगानेसको भविष्य भने लिग च्याम्पियन रियल म्याड्रिसँगको खेलले निर्धारण गर्ने छ। उक्त खेलमा लेगानेसले रियललाई हराए र सेल्टा भिगो स्पानियोलसँग पराजित भए लेगानेस रेलिगेसन वा घटुवाबाट बच्नेछ।


























