नेपालगञ्ज, साउन ४ । बाँकेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको थारुवान स्वायत्त प्रदेश जनपरिषद् नेपालले जग्गा कब्जा गरेको छ।
सुकुम्बासी आयोगले केही वर्षअघि बाँडेको कोहलपुर नगरपालिका–४ किरणनाला छेउको ६ बिगाह जमिन जनपरिषदले कब्जा गरेको हो।
आयोगको अध्यक्ष सन्तोष बस्नेत हुँदा उक्त जमिन ४१ जनाको नाममा वितरण गरिएको थियो। त्यो जग्गा पाउनेमा हुकुम्बासी बढी रहेको चर्चा केही दिनदेखि जिल्लामा जारी छ।
जनपरिषदले केन्द्रीय नीति अनुसार भन्दै उक्त जग्गामा ब्यानर टाँसेर कब्जामा लिएको घोषणा गरेको छ।
Facebook Comments


























