रुस, साउन ४ । कोरोना भाइरसको भ्याक्सिनको काममा भइरहेको साइबर हमलाको आरोपलाई रूसले अस्वीकार गरेको छ।
ब्रिटेनका लागि रसियन राजदूत आन्द्रेई केलिनले रुसलाई लगाइएको उक्त आरोप अस्वीकार गरेका हुन्।
ब्रिटेन, क्यानाडा र अमेरिकाका एजेन्सीहरुले कोरोना भाइरसको भ्याक्सिनमा भइरहेको काममा भएको साइबर हमलामा रूसका जासुसहरुको हात रहेको आरोप लगाएपछि राजदूत केलिनले त्यसमा पहिलो पटक प्रतिक्रिया दिदै त्यस्ता आरोपको रूसले विश्वास नगर्ने बताएका छन्।
राजदूत केलिनले सेलीसबरी नर्व एजेन्ट प्रकरणपछि रूस ब्रिटेनसँग नयाँ सम्बन्ध बनाएर आगाडी बढ्न चाहेको समेत बताए। एजेन्सी
Facebook Comments


























