साउन ४ । म्यान्चेष्टर सिटीलाई हराउँदै आर्सनल एफ ‘ए’ कप फुटबलको फाईनलमा प्रवेश गरेको छ। शनिबार राति सेमिफाईनलको खेलमा आर्सनलले सिटीलाई २–० गोल अन्तरले हराएको हो।
लण्डन क्लबको जितमा पियरिक ईम्रिक अबुमियाङले दुवै गोल गरेका थिए। घरेलु मैदानमा निकोलास पेपेको क्रसलाई उपयोग गर्दै १९ औं मिनेटमा अबुमियाङले आर्सनललाई अग्रता दिलाएका थिए।
बल पोजिसनमा सिटीले दबाब बनाएपनि अबुमियाङले ७१ औं मिनेटमा दोस्रो गोल गर्दै आर्सनलको जित सुनिश्चित गरेका थिए।
सिटीको सहायक प्रशिक्षकको जिम्मेवारी छाड्दै मिकेल अर्टेटा गत डिसेम्बरमा आर्सनल आएका थिए। उनले पहिलो सिजनमै पूर्व क्लब सिटीलाई हराउँदै लण्डन क्लबलाई उपाधिको नजिक पुर्याएका छन्।
आर्सनलले अब अगष्ट १ मा चेल्सी र म्यान्चेष्टर युनाईटेडबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। एजेन्सी
Facebook Comments


























