प्युठान, साउन ४ । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ।
स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।
स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।
उनका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन। ट्याक्टरमा सवारमध्ये आठमध्ये एक जना बाँचेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। घटनाको विस्तृत जानकारी आउन बाँकी छ। रासस
Facebook Comments


























