साउन, ४ । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले नर्विच सिटीलाई हराएको छ।
शनिबार राति भएको खेलमा बर्नलीले ९ खेलाडीमा सीमित नर्विचविरूद्ध २-० को सहज जीत हात पार्यो।
घरेलु मैदानमा नर्विच पहिलो हाफमै ९ खेलाडीमा समेटिएको थियो। खेलको ३५ औं मिनेट इमिलियानो बुन्डियाले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो।
४५ औं मिनेटमा जोसिप ड्रिमिकले रातो कार्ड पाएपछि नर्विच ९ खेलाडीमा समेटियो।
जसको फाइदा बर्नलीले उठाउँदै पहिलो हाफको इन्जुरी समयमा क्रिस उडले गोल गर्दै बर्नलीलाई १-० को अग्रता दिलाए।
त्यसपछि खेलको ८० औं मिनेटमा नर्विचका बेन गडफ्रेले आत्मघाती गोल गरेपछि बर्नली २-० ले विजयी भयो।
जीतसँगै ५४ अंक जोडेर बर्नली लिगको नवौं स्थानमा उक्लिएको छ। नर्विच २१ अंक जोडेर पुछारमा रहेको छ। नर्विज भने रेलिगेसनमा परिसकेको छ। एजेन्सी
Facebook Comments


























