रौतहट, साउन ३ । देवाही गोनाही नगरपालिका–४ दोहर बस्ने गणेश सहनीका छोरा ५ वर्षीय कृष्ण सहनीको कुटपिटबाट मृत्यु भएको छ।
उनको हत्या गरेको अभियोगमा उनकै सौतेनी आमा २० वर्षीया फुली देवी सहनीलाई प्रहरीले पक्राउ गरेको छ।
फुली देवीको कुटपिटबाट गम्भीर घाइते भएका कृष्णको सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल रौतहटमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ।
ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले फुली देवीलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ।
Facebook Comments


























