धनगढी, साउन २ । धनगढी उपमहानगरपालिका–१३ राजपुरमा भएको ‘ग्याङ’ फाइटमा संलग्न भई खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनगढी–३ का २२ वर्षीय सन्नी नेपाली र वडा नम्बर–२ का दिपेन्द्र भण्डारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका नेपालीको साथबाट खुकुरी र भण्डारीको साथबाट तरवार बरामद गरिएको छ।
दुवै जना यसअघि पनि विभिन्न अपराधिक कृयाकलापमा संलग्न रहेको पाइएको छ। घटनामा अन्य व्यक्ति पनि संलग्न हुन सक्ने आशंका प्रहरीले उनीहरुको पनि खोजी भइरहेको जनाएको छ।
Facebook Comments


























