चितवन, साउन ३ । रत्ननगर नगरपालिका वडा न १० मा रहेको उन्नति टोल विकाश संस्थाको १४ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ।
टोल विकाश संस्थाका अध्यक्ष सूर्यकान्त मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव मधु बिलास न्यौंपानेले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष सोनु गिरीले भावी कार्ययोजना प्रतिवेदन पेश गरेकी थिइन्।
कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष गोमा भण्डारी, सदस्य पुष्पराज भण्डारी, हरिप्रसाद पण्डित, लक्ष्मी सुवेदी लगाएतले मन्तव्य व्यक्त गरेका थिए।

Facebook Comments


























