बुटवल, साउन २ । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड खुलेको छ।
पाल्पाको तानसेन नगरपालिका ८ गौडेपुलमा ठूलो ढुङ्गासहित पहिरो खसेपछि शुक्रबार बिहानदेखि बुटवल–पाल्पा सडक बन्द भएको थियो।
बाटो खुलेपछि रोकिएका गाडी गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। सिद्धार्थ राजमार्गमा पर्ने गौडेपुलमा ठूला ढुङ्गासहितको पहिरो गएपछि बिहान साढे ५ बजेदेखि सडक बन्द भएको थियो।
Facebook Comments


























