साउन २ । कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा रहेका अमेरिकी, बेलायती तथा क्यानेडियन संस्थाहरुलाई रुसी गुप्तचरहरुले निशाना बनाइरहेको चेतावनी सुरक्षा निकायहरुले दिएका छन्।
ह्याकरहरुले रुसी गुप्तचर सेवाका लागि काम गरिरहेको र कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानका महत्वपूर्ण जनाकारी उनीहरुको निशानामा रहेको दाबी बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एन.सि.एस.सी) ले गरेको छ।
सुरक्षा निकायले चेतावनी दिए पनि ह्याकरको निशानामा कुन संस्था रहेको वा अहिलेसम्म कुनै जानकारी चोरी गरिसकेका छन् या छैनन् भन्ने खुलाएको छैन।
खोपको अनुसन्धानमा ह्याकरले रोकावट भने नल्याएको बताइएको छ। रुसले आरोप अस्वीकार गरेको छ र कुनै पनि प्रकारको ह्याक नगरिएको वा त्यसको लागि ह्याकर परिचालन नगरेको दाबी गरेको छ। एजेन्सी
Facebook Comments


























