साउन १ । कोरोनाभाइरस संक्रमित बलिउड अभिनेता अमिताभ बच्चन र उनको परिवारको स्वास्थ्यमा सुधार आएको भारतीय मिडियाले जनाएका छन्।
एबिपी टिभीको अललाइनमा लेखिएअनुसार अमिताभको फोक्सोमा जमेको कफमा ९० प्रतिशत सुधार भएको छ। उनको अक्सिजन लेभल पनि रहेको तथा औषधिले पनि उनलाई राम्रो काम गरेको बताइएको छ।
साथै, अभिषेक, ऐश्यर्या राय लगायत परिवारका अन्य सदस्यको स्वास्थ्यमा पनि ब्यापक सुधार आएरहेको एबिपीले जनाएको छ।
बच्चन र उनको परिवारका केही सदस्यलाई गत शनिबार कोरोना संक्रमण देखिएको थियो। उनीहरु सोही दिन नै आइशोलेसन वार्डमा भर्ना भएका थिए। एजेन्सी
Facebook Comments


























