सिन्धुपाल्चोक, साउन १ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगाउँदा बेपत्ता भएका पाँच जनाको पहिचान खुलेको छ।
अविरल वर्षापछिको पहिरोले घर बगाउँदा बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन्।
पहिरोले एउटा स्कूलमा पनि पहिरोले क्षति पुर्याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न नसकेको उनले जानकारी दिएका छन्। रासस ।
Facebook Comments


























