काठमाडौं, साउन १ । निजी विद्यालयहरूले आजदेखि अनलाइन शिक्षा बन्द गरेका छन्।
निजी विद्यालय सञ्चालकहरुको छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठक गरेर साउन १ अर्थात आजदेखि नै लागू हुनेगरी शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिँदै अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका हुन्।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्ना माग सम्बोधन नगरेको भन्दै निजी विद्यालयले अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गरेका हुन्।
प्याब्सन र एनप्याब्सनले साउन १ गतेदेखि विद्यालय खोल्न पाउनुपर्ने, विद्यार्थी भर्ना गर्न पाउनुपर्ने, कोरोनाका कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने, अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर शुल्क लिन पाउनुपर्नेलगायतका माग राखेका थिए।
Facebook Comments


























