सिन्धुपाल्चोक, साउन १ । अविरल वर्षापछि बुधबार राति खसेको पहिरोले सिन्धुपाल्चोकको फुल्पिङका २ घर बगाएको छ।
सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगाउँदा पाँच जना बेपत्ता भएका छन्। राति साढे १ बजेतिर बजे वर्षासँगै झरेको पहिरोमा घर बगाएको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए।
पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए। घटनाको विस्तृत विवरण आउँन बाँकी छ। रासस
Facebook Comments


























