रुकुम पश्चिम, असार ३१ । दुई किलो अफिमसहित होटलमा लुकेर बसेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जाजरकोटको नलगाड नगरपालिका ४ का ३४ वर्षीय विनोद रावल र वडा नम्बर २ का २९ वर्षीय टेकबहादुर रावललाई पक्राउ गरेको जनाएको छ।
आठबीसकोट नगरपालिकाको चिसापानीमा रहेको ममता होटलमा लुकेर बसेको बेला गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले बताए।
पक्राउ परेकाको साथबाट दुई वटा पोकामा रहेको दुई किलो अफिम, तीन वटा मोबाइल सेट र मोबाइल चार्ज गर्न प्रयोग गरिने पावर बैंक नियन्त्रणमा लिइएको डीएसपी केसीले जानकारी दिए। अफिमको खेती र चोरी निकासी रोक्न रुकुम प्रहरीले सक्रियता बढाएको प्रहरीले जनाएको छ।
Facebook Comments


























