काठमाडौं, असार ३१ । अष्ट्रेलियाको चर्चित फ्रेन्चाइज बिग बास लिग (बीबीएल) क्रिकेट आगामी डिसेम्बर पहिलो साताबाट सुरु हुने भएको छ।
बीबीएलले बुधबार १० औं संस्करणको लिग डिसेम्बर ३ बाट सुरु हुने जनाएको छ। आठ टोलीले सहभागिता जनाउने बीबीएलको फाइनल खेल फेब्रुवरी ६ मा हुनेछ।
यस्तै बीबीएलले प्रतियोगिताको पूर्ण खेल तालिका समेत सार्वजनिक गरेको छ। सिजनको पहिलो खेलमा एडिलेट स्ट्राइकर्स र मेलबर्न रेनेगेड्सबीच प्रतिस्पर्धा हुनेछ।
बीबीएलको अघिल्ला दुई सिजन नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले समेत खेलेका थिए।
सन्दीपले दुई सिजनको लिग मेलवर्न स्टार्सबाट खेलेका छन्। सन्दीपले यस सिजनको लिग समेत खेल्ने सम्भावना रहेको छ।
Facebook Comments


























