काठमाडौं, असार ३१ । विप्लव नेतृत्वको नेकपाका पूर्वी कमाण्ड सैन्य इन्चार्ज नन्दबहादुर बोहोरा पक्राउ परेका छन्।
प्रदेश नं. १ प्रहरीको अनुसन्धान टोली र मोरङ प्रहरीको संयुक्त टोलीले नन्दकिशोर भन्ने सैन्य इन्चार्ज बोहोरालाई मोरङको उर्लाबारीबाट बुधबार (आज) पक्राउ गरेको हो।
मोरङ प्रहरीका अनुसार कालिकोट फेनेली घर भएका ४० बोहोरा उर्लाबारी नगरपालिका ३ मंगलबारेमा लुकीछिपी बस्दै आएका थिए। उनको साथबाट पेस्तोल, गोली र अन्य बस्दोबस्तीका सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ।
Facebook Comments


























