काठमाडौं, असार ३१ । सुनको मूल्य बुधबार ९२ हजार ८ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ।
मगंलबार ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै पटक ६ सय रुपैयाँले बढेर नयाँ रेकर्डक कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
यो मुल्य हालसम्मँकै उच्चँ हो। अहिले सुनको मुल्य अन्तराष्ट्रिय बजारमा पनि वृद्धि भएको बताइएको छ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार ३६० रुपैयाँमा कारोबार भएको छ।
यस्तै बुधबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर १००५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ।
Facebook Comments


























