चितवन, असार ३१ । चितवनको माडीका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। माडीको वडा नम्बर १, ७ र ८ का १९ देखि ३६ वर्ष सम्मका पुरुषहरुमा संक्रमण पुष्टि भएको हो। उनीहरु सबै क्वारेन्टिनका हुन्।
त्यस्तै, भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नवलपुरको कावासोती ५ र ८ का दुई जना र वुलिङटार ३ र ४ का ९ जनामा संक्रमण पुष्टि भएको छ।
३०८ वटा नमूना परीक्षण गर्दा २८९ जनाको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ।
Facebook Comments


























