रसिया, असार २९ । रसियाको सुदूरपूर्वी क्षेत्रमा राष्ट्रपति भ्लादिमर पुटिनको विरुद्घमा करिब दश हजारले प्रर्दशन गरेका छन्। प्रदर्शनकारीले पुटिनको राजीनामा माग गरेको छन्।
उनीहरुले आफ्नो क्षेत्रीय गभर्नरको रिहाईको माग गरेका छन्। गत साता त्यस क्षेत्रको गभर्नरलाई हत्याको आरोपमा प्रहरीले समातेको थियो।
चीनको सिमानासँग जोडिएको सहर खाबरोवस्क र अन्य केही सहरहरुमा प्रदर्शन भइरहेको छ। यी प्रदर्शनहरुमा ठूलो संख्यामा मानिसहरु सहभागी हुने गरेका छन्।
मस्कोको सडकमा हुने विरोध प्रदर्शनभन्दा फरक प्रदर्शन भइरहेको पाइएको छ। यी प्रदर्शनहरु पुटिनको लागि चुनौति बन्न सक्ने विश्लेषण गर्न थालिएको छ।
यो प्रदर्शन लोकप्रिय गभर्नर सर्गेइ आइ फर्गलको गिरफदारीको विरुद्धमा भएको हो। उनी रसियाको केही प्रान्तको नेतामध्ये एक हुन जसले क्रेमलिनद्वारा नियन्त्रित राजनीतिसँग सम्बन्ध राख्दैन।
लिबरल डेमोक्रेटिक पार्टीका सदस्य फर्गल सन २०१८ मा क्रेमलिन समर्थित उम्मेदवारलाई चुनावमा हराएर सत्तामा थिए।
रसियाको गृह मन्त्रालयले अनुसार प्रदर्शनमा १० देखि १२ हजार मानिसको उपस्थिति आंकलन गरे पनि त्यहाँका स्थानीय मिडियाका अनुसार ४० हजार आसपास मानिस प्रदर्शनमा सहभागी भएका छन्। एजेन्सी


























